विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने कान्छी आरोही शेर्पा सम्मानित

किमाथाङ्का । विश्वको पाँचौँ अल्लो मकालु शिखर मकालु हिमाल आरोहण गर्ने कान्छी आरोही सम्मानित हुनुभएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–२ नूर्व गाउँकी २८ वर्षीया किप्पा लामु शेर्पालाई आज सम्मान गरिएको हो ।

 

सदरमुकाम खाँदबारीमा एक कार्यक्रमकाबीच मकालु–२ नूर्व गाउँकी किप्पा शेर्पालाई मकालु गाउँपालिका–२ ले सम्मान गरेको मकालु–२ का वडाध्यक्ष छोपाल शेर्पाले बताए । शेर्पाले आठ हजार चार सय ८५ मिटर उचाइको विश्वको पाँचौँ अग्लो मकालु हिमाल अप्रिल १० अर्थात् चैत २८ गते १० बजेर १० मिनेटमा सफ आरोहण गरेकी थिइन् ।

 

शेर्पाले मकालु हिमालको बाटो बनाउने क्रममा नौ जनाको टोलीसहित सफल आरोहण गरेकी थिइन् । विसं २०५३ माघ १५ गते नूर्व गाउँमा जन्मनुभएकी शेर्पाको श्रीमान् र चार दाजुभाइसमेत आरोही हुन् । उनीहरूको विश्वको सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल सफल रूपमा आरोहण गरिसकेको कारण आफूहरूलाई प्रेरणा मिलेको बताए ।

एक वर्षअघि ४५ दिन मकालु आधार शिविरमा बसेको अनुभव साँगालेपछि यो पटक मकालु आरोहण गर्न सफल भएको शेर्पाले बताईन् । शेर्पाको मकालु हिमाल आरोहण खर्चको व्यवस्थापन सेभेन सवमिट टे«क्सले गरेको छ । मकालु गाउँपालिकामा दुई दर्जन बढी आरोही रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *