काभानी र एम्बाप्पेको ह्याट्रिक, नेइमारको दुुई गोल, पिएसजी ९–० ले विजयी

एजेन्सी – फ्रेन्च लिग वोन अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गुइग्याम्पलाई ९-० ले हराएको छ। पीएसजीका लागि किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरे भने नेयमारले २ गोल र थोमस म्युनियरले पनि १ गोल गरे। 

घरेलु मैदानमा भएको खेलमा पिएसजीले सुरुवातबाट कब्जा जमायो। खेल अवधीभर ६८ प्रतिशत बल पोजेसन राखेको पिएसजीले ११ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लियो। 

 

null

एम्बाप्पेले ३७ औं मिनेट तथा थपिएको समयमा गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए। पिएसजीका उरुगेली स्ट्राइकर काभानीले ५९ र ६६ औं मिनेटमा गोल गरे। नेयमारले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। 

 

खेलको ७५ औं मिनेटमा काभानीले गोल गर्दै ह्याट्रिक पुरा गरे भने एम्बाप्पेले ८० औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गरे। ७६ औं मिनेटमा मैदान प्रवेश गरेका फुल ब्याक म्युनियरले ८९ औं मिनेटमा पिएसजीको लागि नवौं गोल गरे। 

 

यो खेलसँगै पिएसजी फ्रेन्च लिगको १९ खेलमा अपराजित छ। १७ जित र २ बराबरीसँगै  शिर्षस्थानमा रहेको पिएसजीको ५३ अंक छ। 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *