रुख कटान तथा मजदुरमाथि कुटपिट लगायतका विषयमा कांग्रेसले बुझायो ध्यानाकर्षण पत्र

वैशाख ९, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयलाई नेपाली कांग्रेस पथरी शनिश्चरे नगर कार्य समितिले ध्यानाकर्षण पत्र बुझाएको छ ।

पथरी शनिश्चरे नगरपालिले गरेको राहत वितरणमा पाउनुपर्ने लक्षित वर्गका मानिसमा पुग्न नसकेको गुनासो बढेको, विश्वहाङ राइस मिलमा भएको घटना र पथरी बजारमै रहेको सालको रुख कटानका विषयलाई लिएर सोमबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

३ बुँदे ध्यानाकर्षण पत्रको पहिलो बुदाँमा नगरका विभिन्न वडामा राहत वितरणको समयमा लक्षित वर्गमा नपुगेको गुनासो रहेको र सो विषयमा वडामा सर्वदलीय संयन्त्र बनाएर वितरण गर्न ध्यानाकर्षण गरिएको छ ।

यस्तै बुँदा नम्बर २ मा नगरको वडा नम्बर १ मा रहेको शंकर लधु उद्योग र २ मा रहेको विश्वहाङ राइस मिलमा उपमेयर यमुना विष्ट (बास्तोला), इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीसँगै रहेका समयमा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले मिलमा कार्यरत मजदुरमाथि लछारपछार गर्दै दुव्र्यवहार भएको उल्लेख छ । यस्तै बुदा नं. ३ मा लकडाउनको मौका छोपी वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देनको निर्देशनमा गएको शुक्रबार ३ वटा सालको रुख काटिएका विषयमा सत्य तथ्य सार्वजनिक गर्न ध्यानाकर्षण गराएको कुरा उल्लेख छ ।

नेका कार्यवाहक नगर सभापति इश्वर थापाद्वारा जारी ध्यानाकर्षण पत्र नगर प्रमुख दिलिप कुमार राईलाई बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै राईले सत्य तथ्य कुरा बाहिर ल्याउनका लागि आफू लागिपर्ने बताए ।

यता विश्वहाङ राइस मिलका सञ्चालक र उद्योग वाणिज्य संघ विचमा सहमति भएको संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ । विश्वहाङ राइस मिलका संचालक दिपक राई र उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतद्वार संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ती सामाजिक सञ्जालमार्फत् जारी गरेका हुन् ।

काङ्ग्रेसले नगरपालिकामा ध्यानाकर्षण बुझाएपछि मात्र घटना भएको करिब एक हप्ता वित्न लाग्दामात्र अध्यक्ष बस्नेतले विज्ञप्ती जारी गर्नुले मजदुरको आरोप सत्य हो की भन्ने अनुमान लगाउन सकिन्छ ।

विज्ञप्तीमा विश्वहाङ राइस मिलका मजदुर माथि हातपात भएको र मिलमा कालो बजारी भएको विषयमा सामाजिक सञ्जाल र अनलाइनमा आएको समाचार भ्रमपूर्ण रहेको उल्लेख गरिएको छ । मजदुरमाथिको घट्नामा मिल सञ्चालकको सहमति हुनुले श्रमिकमाथि अन्याय भएको यहाँका बासिन्दाको बुझाइ छ ।

सो समाचार तयार गर्दा मजदुरमाथि हातपात भएको भनेर भनिरहेका मजदुरको मुख टालेर संचालक राईले उल्टै भ्रमपूर्ण समाचार भनेर विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

asid

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *