प्रधानमन्त्री ओलीले थाले नेकपा सांसदहरूसँग छलफल 

काठमाडौं। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूसँग छलफल गरिरहेका छन्। बुधबार बिहान ११ बजेदेखि नेकपाका संघीय संसद्का सांसदहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरिरहेको एक सांसदले जानकारी दिए।

उनले प्रदेश अनुसार छुटा छुट्टै सांसदहरूसँग छलफल गरिरहेको ती सांसदले जानकारी दिए। अहिले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेका छन्। दिउँसो १ बजेका लागि राष्ट्रिय सभामा नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाइएको छ।

सरकारले दल विभाजनसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि अहिले त्यसको विरोध भइरहेको छ। अध्यादेश जारी भएपछि अहिले नेकपाका शीर्ष नेताहरूको विवादले आकार लिने संकेत देखिएको छ। शीर्ष तहका नेताहरु छुट्टाछुट्टै परामर्शमा जुटेका छन्। यस कारण पनि विवादले थप आकार लिने संकेत देखिएको हो।

एक जना नेकपा स्थायी समिति सदस्यका अनुसार विकसित पछिल्लो परिस्थिति र भावी कदमका सन्दर्भमा टेलिफोनका माध्यमबाट छलफल र परामर्श भइरहेको छ। अर्को तिर अहिलेको समय नयाँ बजेट निर्माणको समय हो। कोरोना भाइरस रोक थामका लागि गरिएको लकडाउनका कारण बजेट निर्माणमा प्रयाप्त गृहकार्य हुन सकेको छैन। बजेट अधिवेशन बोलाउने बेला भएको अवस्थामा प्रधानमन्त्रीले सांसदहरूसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *