सरकारबाटै लोकतान्त्रिक पद्धति समाप्त पार्ने प्रयत्न भयोः कांग्रेस सहमहामन्त्री महत
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार लोकतान्त्रिक मुल्य मान्यतालाई कमजोर पार्न लागिरहेको आरोप लगाएका छन्।
आज लोकतन्त्र दिवसको अवसरमा एक शुभकामना वक्तव्य जारी गर्दै कांग्रेस सहमहामन्त्री महतले यस्तो आरोप लगाएका हुन् । उनले देश बन्दाबन्दीमा भएको समयमा सरकारले दुई वटा अध्यादेश ल्याएर उक्त कुराको पुष्टि गरेको जिकिर गरे।
सहमहामन्त्री महतले आजको दिन देशबिदेशमा रहेका नेपालीलाई लोकतान्त्रिक मुल्य र मान्यता र संविधान प्रदत्त अधिकारको सुरक्षाका लागि सचेत रहन पनि आग्रह गरेका छन् ।
अहिलेको सरकारको लोकतान्त्रिक नियत नभएर अधिनायकवादि नियत भएको भन्दै कांग्रेस सहमहामन्त्री महतले सरकारले सकेसम्म लोकतान्त्रिक पद्धति सक्ने प्रयत्न गरेको भन्दै त्यसका खिलापमा सबै तयार रहनुपर्ने अवस्था आएको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।