समाजवादी र राजपाबीचको एकताबारे संसद्लाई जानकारी

काठमाडौं। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच भएको पार्टी एकताबारे संघीय संसद् सचिवालयलाई जानकारी गराइएको छ। बिहीबार बिहान निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएलगत्तै संघीय संसद् सचिवालयलाई जानकारी गराइएको हो।

पार्टी एकताको समहमतिबारे जानकारी गराउन नेता राजेन्द्र महतोलगायतका टोली संसद सचिवालय पुगेका थिए। पार्टी एकताको सहमति पत्र र निर्वाचन आयोगमा दल दर्ताका लागि दिइएको निवेदन संसद् सचिवालयका कार्यबाहक महासचिव गपालनाथ योगीलाई बुझाएको छ।

सरकारले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेपछि समाजवादी पार्टी फुटको संघारमा पुगेको थियो। फुटलाई रोक्न रातारात समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकताको समझदारी भएको थियो। राजपा अध्यक्ष मण्डलका नेता सरद सिंह भण्डारी निवासमा बुधबार मध्यरातमा पार्टी एकताबारे चार बुँदे सहमति भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *