मन्त्रिपरिषद् बैठक जारी, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी भएका दुई अध्यादेशका बारेमा छलफल गर्ने अनुमान गरिएको छ । सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको परिप्रेक्ष्यमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकमा अध्यादेश र कोभिड १९ रोकथामका प्रयास लगायतका विषयमा मन्त्रिपरिषद्‍मा छलफल हुने बुझिएको छ । बिहीबारमात्रै प्रधानमन्‍त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक देखिएका थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटमा उनले अध्यादेश फिर्ता लिन सहमत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *