८१ वर्षीया वृद्धा कोरोनाबाट मुक्त भएपछि प्रधानमन्त्रीले गरे यस्तो ट्वीट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) संक्रमित ८१ वर्षीया वृद्धा उपचारपछि निको भएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रम ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् खुशी व्यक्त गरेका हुन् । हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामीमुक्त भएको भन्दै आफूलाई सन्तोष लागेको पनि उनले बताए ।

उनले लेखेका छन्– ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।’

ती ८१ वर्षीया वृद्धा पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्ट निवासी हुन् । हिजो उनीसँगै उनको ५८ वर्षीय छोरो पनि पाटन अस्पतालबाट डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *