अध्यादेश फिर्ता लिने सरकारको निर्णयपछि बाबुरामको आयो यस्तो ट्वीट

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा रहुन्जेल लोकतन्त्रमा खतरा पर्ने भन्दै सावधान रहनुपर्ने बताएका छन् ।

सरकारले सोमबार जारी भएका दुवै अध्यादेश आज फिर्ता लिने निर्णय गरेसँगै पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले आजै सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन् ।

‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन् । यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानविन/कारबाही हुनैपर्छ । उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *