राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुवै अध्यादेश खारेज गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

चार दिनअघि प्रधानमन्त्रीकै प्रस्तावमा दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी थिइन् । आजको मन्त्रिपरिषद् बैठकले ती दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै मन्त्रिपरिषद्को सिफारिसमा उनले खारेज गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *