अध्यादेश फिर्तापछि कांग्रेसको प्रतिक्रियाः सांसद काठमाडाैं ल्याउनेलाई उन्मुक्ति दिन मिल्दैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिए पनि यसले प्रेरित गरेको अपराधलाई उन्मुक्ति दिन नमिल्ने भन्दै कारवाहीको माग गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ– ‘अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी’ दिइएको शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन।’

कांग्रेसले यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कारवाहीका लागि अपील समेत गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *