बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रियो, देशभर वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ भने आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै वर्षाको भइरहेको हो ।

विगत केही दिनयतादेखि दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेका कारण चिसो महसुस भएको महाशाखाले जनाएको छ । मौसम पूर्णरुपमा सुधार हुन एक साता लाग्ने बताइएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः-

बैशाख १३ गते (शनीबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका थेरै स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः पश्चिमी पहाडी भू-भाग तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही वाँकी भू-भागमा आंशिक बदली रहीनेछ । मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख १४ गते (आईतबार)

दिउँसोः पश्चिमी भू-भाग तथा मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य बदली रही वाकी भू-भागमा आंशिक वदली रहनेछ । देशभर केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रहनेछ । पश्चिमी र मध्य भू-भागका केहि स्थानहरुमा र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा तथा मध्य र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहनेछ । पश्चिमी र पुर्वी भू-भागका थोरै स्थानहरुमा तथा मध्य भु-भागका एक दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *