विश्वभर ७ लाख ९८ हजार मानिस निको भए, अमेरिकामा मृतकको संख्या ५२ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ७ लाख ९८ हजार ३७० जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । २८ लाख २७ हजार ८ सय ४१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुईलाख नजिक पुगेको छ । वल्डोमिटरले शनिबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार तीन रहेको छ ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८६३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५२ हजार ९७ पुगेको छ । त्यहाँ ९ लाख २३ हजार आठ सय १२ जना संक्रमित छन् ।

अमेरिका पछि सबै भन्दा धेरै इटालीमा मृतकको संख्या रहेको छ । त्यहाँ मृत्यु हुनेको संख्या २५ हजार ९ सय ६९ छ । त्यस्तै स्पेनमा २२ हजार ५ सय २४ जनाले ज्यान गुमाएका छन् । २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा एक लाख ५९ हजार ८ सय २८ जनाले ज्यान गुमाइसकेको छन् । त्यस्तै जर्मनीमा एक लाख ५४ हजार ९९९ संक्रमति छन् । मृतकको संख्या ५ हजार ७ सय ६० छ ।

बेलायतमा ज्यान गुमाउनेको संख्या झण्डै २० हजार रहेको छ । त्यहाँ १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ ।  बेलायतमा १ लाख ४३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

टर्कीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ। टर्कीमा १ लाख चार हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ । त्यस्तै इरानमा ८८ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने पाँच हजार पाँच सय ७४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *