मुस्लिम समुदायको रमजान सुरु, घरमै नमाज पढ्न आग्रह

काठमाडौं । इस्लाम धर्मालम्बीहरूको महान पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरि निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

बिहान ३स्४० बजेबाट बेलुका ६स्४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन मुस्लिम समुदायमा छ । यो महिनामा विधिपूर्वक व्रत बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहेको छ ।

रमदान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमदान महिना नवौँ महिना हो । संसारभरि नै कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला यो पर्व पनि प्रभावित भएको छ । आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने चलन छ ।

तर कोरोना जोखिमका कारण यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ । रमजान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *