यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई युवाको सहयोग

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई विराटनगरका युवा समूहले राहत वितरण गरेका छन् । कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारणा विराटनगर १ मा बसोबास गर्दै आईरहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको दैनिकी असहज बनेसँगै विराटनगरका युवा समूहले राहत वितरण गरेको हो ।

शुक्रबार उनीहरु बसेको स्थानमा नै युवा समूह पुगि १९ जनालाई राहत वितरण गरेको युवा अभियन्ता पेरिश सुवेदीले जानकारी दिए । उनका अनुसार चामल, दाल, आलु, तेल, नुन लगायतका सामग्री उपलब्ध गराएको छ । सो राहतका लागि दिपक चापागाई, भाविश पौडेल, हरी बजगाई, अजय शर्मा, विजय सांस्वत र सजल मोनी लगायतले राहतका लागि सहयोग प्रदान गरेको अभियन्ता सुवेदीले बताए ।सरकारको तर्फबाट दैनिक ज्याला मजदुर गर्नेहरुका लागि राहत वितरण गरेको भए पनि यौनिक तथा अल्पसंख्यक समुदायले स्थानिय सरकारबाट राहत नपाएकोे उनीहरुको गुनासो छ । आफुहरुसँग नागरिकता नभएको कारणले स्थानिय सरकारबाट राहत नपाएको सल्मा वेगमले बताए । उनले भने हामी तेस्रो लिङ्गिको नागरिकता नै हुँदैन नागरिकता हुनेको पेट खान्छन्, नागरिकता नहुनेको पेट छैनन र खाँदैनन् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *