कोरोनालाई जिते चितवनका युवाले, डिस्चार्ज भएपनि आमा कुर्दै अस्पतालमा

चितवन । चितवनमा कोरोना संक्रमण देखिएका दुई जनामध्ये एकजनालाई निको भएको छ । राप्ती नगरपालिका ८ निवासी २७ बर्षिय युवामा दास्रो पटक परिक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि अस्पतालले ती युवालाई निको भएको जनाएको हो ।

चैत ३ गते बेलायतबाट नेपाल आएका युवा र उनकी आमामा बैशाख ५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमित भएका आमा छोरामध्ये छोरालाई निको भएको र आमामा भने कोरोना पोजेटिभ नै देखिएको छ । युवामा कोरोना नेगेटिभ देखिएपछि उनलाई आज डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले जानकारी दिए ।

दोस्रो पटक समेत पोजेटिभ देखिएकी महिलाको भने उपचार जारी रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले बताए ।

डिस्चार्ज भएका युवा भने घर गएका छैनन् । उनी घर नगई अस्पतालमै आमाको कुरुवाको रुपमा बस्न चाहे अनुसार अहिले अस्पतालमै रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *