कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्र एक चौथाई बढीले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख बढीको मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ३ हजार २ सय ६१ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड-१९ संक्रमितको संख्या २९ लाख २० हजारभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म ८ लाख ३६ हजार निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । अमेरिकामा मात्र एक चौथाईभन्दा बढी अर्थात् ५३ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ लाख ३६ हजारभन्दा बढी छ । अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४१५ जनाको मृत्यु भएको छ । शनिबार थप ४१५ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ३८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९५ हजार ३५१ पुगेको छ । इटालीमा संक्रमितमध्ये ६३ हजार १२० जना उपचारपछि निको भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३७८ जनाको मृत्यु भएको छ भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुगेको छ । २ लाख २३ हजार ७५९ जना संक्रमित छन् भने संक्रमितमध्ये ९५ हजार ७०८ जना उपचारपछि निको भएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा ३६९ जनाको मृत्यु भएको छ । योसँगै त्यहा मृतकको संख्या २२ हजार ६१४ पुगेको छ । एकैदिन १ हजार ६६० जना संक्रमित थपिदा कूल संक्रमितको संख्या १ लाख ६१ हजार ४८८ पुगेको छ । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । एकैदिन अरु ८१३ जनाको मृत्यु भएपछि मृतकको संख्या २० हजार ३१९ पुगेको हो ।

कोरोना भाइरसका कारण हालसम्म इरानमा ५ हजार ६ सय ५०, चीनमा ४ हजार ६ सय ३२, रुसमा ६ सय ८१, ब्राजिलमा ४ हजार ४५, क्यानाडामा २ हजार ४ सय ६५, बेल्जियममा ६ हजार ९ सय १७, नेदरल्याण्ड्समा ४ हजार ४ सय ९, स्वीट्जरल्याण्डमा १ हजार ५ सय ९९, आयरल्याण्डामा १ हजार ६३, स्वीडेनमा २ हजार १ सय ९२, पोर्चुगलमा ८ सय ८०, भारतमा ८ सय २५ र पेरुमा ७ सय जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *