लकडाउन मोडालिटी र थप्नेबारे निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बालुवाटारमा बस्ने बैठकले जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्नेछ ।

सरकारले जारी गरेको लकडाउनको अवधि भोलि सकिदैछ । यसअघि हिजो बसेको उच्च स्तरिय समन्वय समितिको बैठकले १ साताका लागि लकडाउन थप्न सुझाव दिएको छ । सोही अनुसार आजको मन्त्रिपरिषद्‍ले लकडाउन एक हप्ता बढाउने संभावना छ । यसका साथै बैठकमा लकडाउनको मोडालिटीबारे पनि निर्णय हुने बुझिएको छ ।

चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो । आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *