समाजवादी र राजपाको एकता प्रक्रिया रोक्न निर्वाचन आयोगमा उजुरी

काठमाडौं । संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ । सत्तारुढ नेकपाको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य अमित लामाले दुई दल विचको एकता प्रक्रिया रोक्न आयोगमा उजुरी दर्ता गराएका हुन् । उनी तत्कालीन एमाले भातृ संगठन युवा संघको केन्द्रीय कोषाध्यक्ष थिए ।

दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको उल्लेख गरेर निर्वाचन आयोगमा उजुरी दिइएको छ । लामाले भने, ‘हाम्रो निवेदन १३९० नंम्बरमा दर्ता भएको छ ।’

समाजवादी र राजपा विच एकता भएपछि बनिन लागेको जनता समाजवादी पार्टीले युवा संघका पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेत सहित पूर्व आईजिपी सर्वेन्द्र खनाल र नेकपाका अर्का सांसद किसान श्रेष्ठ विरुद्ध आजै अपहरणको जाहेरी दिएसँगै सत्तारुढ दलको भातृ संगठनले दल दर्ता विरुद्ध निवेदन दिएको हो ।

‘नयाँ दलको उद्देश्य नेपालमा बहु राष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको छ’ निवेदनमा भनिएको छ, ‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले साना दललाई पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछिको राजनीतिक घटनाक्रमले सत्तारुढ दल र प्रतिपक्षी विचको सम्बन्ध विग्रँदो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *