सरकारले राहत वितरणमा भेदभाव गरेको छः कांग्रेस सहमहामन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सरकारले राहत वितरण गर्दा नागरिकमाथि भेदभावपूर्ण व्यवहार गरेको जिकिर गरेका छन् । आज समाजिक सञ्जालमार्फत् कांग्रेस सहमहामन्त्री महतले यस्तो जिकिर गरेका हुन् ।

उनले कांग्रेसले सरकार मार्फत् राहतका लागि सुरुमै ५० लाख कोरोना कोसमा सहयोग गरेपनि सरकारले राहत वितरण गर्दा भेदभाव गरेको भन्दै दुःख व्यक्त गरे ।  ‘देशभरि हाम्रो पार्टी, संघसंस्थाहरु र आम नागरिक सहयोगीहरुले सरकारी निकाय मार्फत् सहयोग गरे। तर सरकारमा बस्नेहरूले यस्तो संकटको बेलामा पनि राहत र सहयोगमा पनि व्यापक दुरुपयोग, भेदभाव र तेरो–मेरो भएको सुचनाहरु आउँदैछ’, उनले लेखेका छन् ।

कांग्रेस सहमहामन्त्री महतले पीडितलाई सिधै सहयोग गर्नेहरुलाई पनि रोक्ने र  हतोत्साही गर्ने घटना भएको भन्दै यस्तो नगर्न सरकारलाई सुझाव  दिए । उनले दैनिक ज्यालादारीमा जिबिका निर्वाह गर्नेहरु र निम्न आय भएका नागरिकहरूले आधारभुत सामाग्री र खाद्य अभावको संकट झेल्दै आएको र यस अवस्थामा वर्तमान सरकारको राहत वितरणको एक द्वार नितिको  औचित्य र विश्वसनीयतामा गम्भीर प्रश्न उठेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *