भारतमा कोरोना संक्रमितको संख्या २७ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ८७२ पुगेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको तथ्यांक अनुसार हालसम्म भारतमा हालसम्म २७ हजार ८ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ हजार १८५ जनाको उपचार चलिरहेको छ भने २० हजार ८ सय ३५ जनाको उपचार चलिरहेको छ ।

कोरोना भाइरसको अत्यधिक संक्रमकको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र शपिंग मललगायत सबै सेवाहरू बन्द गरिएको छ । पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ९कोविड–१९० को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *