लकडाउन थप कडा बनाउन गृह मन्त्रालयको यस्ताे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले लकडाउनमा कडाई गर्न निर्देशन दिएको छ ।

सवारी पास नभएका सवारी पनि चलेको पाइएकाले सोमबार सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै लकडाउनमा थप कडाई गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो।

कुनै पनि सवारी साधनलाई सम्बन्धित निकायले जारी गरेको सवारी पास बिना आवत–जावत रोक लगाउन गृहले जारी परिपत्रमा भनिएको छ । हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

चैत्र ११ देखि सुरु भएको लकडाउन आइतबार पुन लम्ब्याएर वैशाख २५ सम्म थप गरिएको छ । नेपालमा अहिलेसम्म ५२ जनामा काेराेना सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *