चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, २ घण्टा नियन्त्रणमा लिएर छोडियो

ध्रुवराज खनाल- चितवन । चितवनमा लकडाउनमा एकाएक कडाइ गरिएको छ । हिजोअस्ती बैंक तथा अत्यावश्यक सामाग्रीका लागि हिँडेका सवारीसाधनहरु निर्वाध सञ्चालन भइरहेकोमा आज एकाएक कडाइ गरिएको हो ।

रिर्पोटिङको लागि हिँडेका पत्रकारहरूलाई पनि प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको छ । प्रहरीले कायाकैरन दैनिकका सम्पादक विनोदवावु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत अर्जुन अधिकारीलाई पक्राउ गरेको थियो ।

पत्रकारद्धयलाई प्रहरीले दुर्व्यवहार गर्दै करिब १ घण्टा कभर्डहलमा रहेको क्वारेनटाइनमा राखेर छाडेको थियो । उनीहरुले कैद गरेको फोटो, भिडियो समेत प्रहरीले डिलिट गर्न दवाब दिएको पत्रकार रिजालले बताए ।

पत्रकारहरुमाथि भएको दुर्व्यवहार र गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ चितवन शाखा, प्रेस संगठन, प्रेस युनियन चितवनले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गर्दै दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग गरेको छ ।

त्यस्तै बैंकका कर्मचारीहरुको सवारीसाधन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *