देशभर ५३ हजार बढीकाे नमुना परीक्षण, कुन प्रदेशमा कति ?

काठमाडौं । देशभर हालसम्म ५३ हजार ५३४ जनाको स्वाब नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (सोमबार) को नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशभर पीसिआर प्रविधिबाट १० हजार ४७१ र आरडिटी विधिबाट ४३ हजार ६३ जनाको नमुना परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार गएको २४ घण्टामा २ हजार १ सय ८४ जनाको स्वाब परीक्षण भएको छ । जसमा प्रदेश नम्बर १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५ हजार २०८, बागमती प्रदेशमा ७ हजार ६२६, गण्डकी प्रदेशमा ४ हजार ९२४ जनाको आरडिटी प्रविधिबाट परीक्षण भएको छ ।

त्यस्तै प्रदेश ३ मा ३ हजार ४७१, कर्णाली प्रदेशमा ५ हजार १२८ र सुदुरपश्चिम प्रदेशमा ११ हजार ९ सय ६१ वटा स्वाब नमुना परीक्षणहरु भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्यस्तै देशभर २० हजार १९५ जना क्वारेन्टाइन्मा छन् भने १०६ जना आइसोलेसनमा छन् । प्रदेश १ मा १ हजार ९ सय ५६, प्रदेश २ मा १ हजार ४८९, बागमती प्रदेशमा २३०, गण्डकी प्रदेशमा ५५४, प्रदेश नम्बर ५ मा ११ हजार २०२, कर्णाली प्रदेशमा ३ हजार १२५ र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ३९ जना क्वारेन्टाइन्मा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *