रेडियो नेपालले हटायो डा. बाबुराम भट्टराईको अन्तर्वार्ता

काठमाडौं। रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँगको अन्तर्वार्ता साइटबाट हटाएको छ। सोमबार बिहान प्रशारण भएको अन्तरसंवाद रेडियो नेपालको साइटबाट हटाइएको हो।

अन्तर्वार्तामा आधारित कार्यक्रममा डा. भट्टराईले सरकारको आलोचना गरेको भन्दै उनको अन्तर्वार्ता हटाइएको हो। कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दु:खी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *