कोरोनाले अर्थतन्त्रमा पर्ने प्रभावबारे कांग्रेसले थाल्यो छलफल
मकालु खबर
२०७७ वैशाख १६ गते
काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसले अर्थतन्त्रमा परेको प्रभावबारे छलफल गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो यसबारेमा छलफल गर्ने कार्यक्रम रहेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
छलफलमा योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, जगदशीशचन्द्र पोखरेल, गोविन्द पोखरेल, स्वर्णिम वाग्लेलगायतलाई बोलाइएको कांग्रेसले जनाएको छ। एक महिनादेखिको लकडाउन र कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल गरिने महतले जानकारी दिए।
कोरोनापछि अर्थतन्त्रबारे विज्ञसँग छलफल गरी कांग्रेसले सरकारलाई सुझाव दिने पनि बताएको छ।
मकालु खबर
२०७७ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित