‘नेकपाको विवादले जनता निराश बने’

काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन्। आज एक विज्ञप्ति जारी गरेर उनले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवादले जनता निराश बनेकोसमेत बताए।

‘हालको अवस्थामा सबै दल तथा जनसमुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्ने बेला हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो जटिल अवस्थामा दलहरूबीच एकता र सहकार्य हुनुपर्नेमा विवाद देखिनुलाई राम्रो मान्‍न सकिँदैन।’

उनले महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९)ले विश्व आक्रान्त बनेका बेला दलहरूबीच देखिएको विवाद राम्रो मान्न नसकिने बताए। दलहरूबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न महराले अपिल पनि गरेका छन्।

अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य रहेकाले दल तथा जनसमुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *