बजेट अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं। बजेट अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ। बुधबार बिहान उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो।

प्रधानमन्त्री र समामुखबीच संघीय संसद्को बजेट(वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय र सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। अघिल्लो वर्षको बजेट अधिवेशन वैशाख ८ गते आह्वान भएर १६ गतेदेखि सुरु भएको थियो। यसवर्ष कोरोना भाइरसका कारण वैशाख २५ गतेसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको छ। जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सरकारले यस पटक प्रिबजेट र सरकारको नीति तथा कार्यक्रमबारेको छलफल अवधि घटाएर बजेट ल्याउने तयारी थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *