कोरोनाका बिरामीको उपचारमा संलग्न फेरि अर्की चिकित्सकले गरिन् आत्महत्या !

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमित एक अर्का चिकित्सकले पनि आत्महत्या गरेकी छिन् । अमेरिकामा कोरोनाको उपचारमा खटिएकी एक डाक्टरले आत्महत्या गरेकी हुन् । प्रहरीका अनुसार उनको आइतबार मृत्यु भएको हो ।

न्युयोर्कमा रहँदै आएकी डाक्टर लोर्ना ब्रीन म्यानहट्टनको न्यूयोर्क प्रेसबीटेरियन एलेन अस्पतालमा इमरजेन्सी डिपार्टमेन्टकी मेडिकल निर्देशक थिइन् । उनका पीता डाक्टर फिलिप ब्रीनले ‘उसले आफ्नो काम गर्ने कोशिश गरेकी थिइन् र त्यसैले उसको हत्या गरिदियो’ भनेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

४९ वर्षीय फिलिपले आफ्नी छोरीमा कुनै मानसिक बिरामी नभएको बताए । उनको मृत्यु भर्जिनियामा भएको थियो जहाँ उनी आफ्नो परिवारसँग बस्थिन् ।

लोर्नाका पीताका अनुसार उनी कोरोना संक्रमित बिरामीको उपचारका क्रममा आफैँ संक्रमित भएकी थिइन् । तर करिब डेढ हप्ताको उपचारपछि उनी फेरि काममा फर्किइन् । तर अस्पतालले लोर्नालाई फेरि घर पठाइदियो । उनले किन आत्महत्या गरिन् भन्ने तथ्य खुलेकाे छैन । काेराेना संक्रमणकै कारण आत्महत्या गरेकाे हुन सक्ने आशंका गरिएकाे छ ।

फिलिपका अनुसार जब उनले छोरीसँग अन्तिम पटक कुरा गरेका थिए त्यतिबेला लोर्नाका कुराहरु विल्कुल फरक थिए । लोर्नाले बताएकि थिइन् कि कोभिड १९ संक्रमितको मृत्यु भइरहेको छ । उनीहरु एम्बुलेन्बाट निकाल्नुअघि नै ज्यान गुमाइरहेका छन् । म्याहट्टको २ सय बेडको अस्पतालमा दजनौं बिरामी कोरोना संक्रमित भएका छन् ।

फिलिपले भने, ‘फ्रन्टलाइनमा खटिएकी उनी निकै विचलित भएकी थिइन् । उसलाई एक नायकको रुपमा सराहना गर्नुपर्छ ।’

लोर्ना कार्यरत अस्पतालले पनि उनलाई हिरोको उपमा दिएको छ । अस्पतालले एक अन्तर्वार्तामा भनेको छ– ‘डाक्टर लोर्ना एक हिरो थिइन् जसले आपतकालिन विभागको फ्रन्टलाइनको चुनौतीपूर्ण कामका लागि उच्चतम आदर्श स्थापित गरिन् ।’

अमेरिकामा कोरोनाका कारण ५६ हजारको मृत्यु भइसकेको छ, जसमध्ये १७ हजार ५ सय जना न्यूयोर्कका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *