चितवनमा पहिलो पटक रत्ननगरमा आकाशे पुल बन्दै, साढे २ करोड खर्च हुने

  • ध्रुवराज खनाल

चितवन । चितवनको दोश्रो व्यस्त बजार रत्ननगरको टाँडी चोकमा आकाशे पुल निर्माण सुरु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत टाँडी चोकमा झन्डै साढे २ करोडको लगानीमा पैदलयात्री आकाशे पुलको निर्माण सुरु भएको हो ।

सो आकाशे पुलको बिहीबार रत्ननगरका मेयर नारायण वन र उपमेयर विमलादेवी दुवाडीले शिलान्यास गरे । शिलान्यास लगत्तै निर्माणको काम सुरु भएको छ । कोरोना भाईरसको संक्रमण र त्यसपछिको लकडाउनका कारण अनौपचारिक रुपमा पुलको शिलान्यास गरिएको थियो ।

बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा पुल निर्माण हुन लागेको मेयर नारायण वनले बताए । मेयर वनका अनुसार बागमती प्रदेश सरकारको १ करोड र १ करोड ४२ लाख रत्ननगर नगरपालिकाले विनियोजन गरेका छन् ।

निर्माणका लागि हिम सगरमाथा कन्स्ट्रक्सन प्रालि भरतपुरसँग गत फागुन २ गते २ करोड ४२ लाख १४ हजार ५३३ रुपैयाँमा सम्झौता भएको थियो । निर्माण कार्य आगामी असार २४ गतेभित्र सम्पन्न गर्नुपर्ने रत्ननगर नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।

४० मिटर लम्वाईमा वन्ने आकाशे पुलमा दुवै तर्फबाट आवतजावत गर्न मिल्ने भएपनि पुर्व तर्फबाट मात्र उक्लने र झर्ने व्यवस्था हुनेछ । जमिन सतहसम्म क्रंक्रिटबाट बन्ने भएपनि माथिल्लो भाग भने स्टीलबाट निर्माण हुने इन्जिनियर गिरीले बताए । गिरीका अनुसार पुलको दुवै तर्फ दायाँवायाँ ५०,५० मिटर विजुलीको तारलाई भुमिगत गरिने छ । त्यसका लागि नगरपालिकाले आन्तरीक श्रोतबाट ४० लाख रुपैयाँ छुट्याएको छ ।

यस वर्ष योजनामा नरहेपनि आगामी वर्ष अपाङ्गमैत्री बनाउन लिफ्टको व्यवस्था गरिने नगरपालिकाका प्रवक्ता राजेन्द्र हमालले बताए । रत्ननगरको अन्य चोकहरु भन्दा टाँडी चोक अतिव्यस्त हुने ठाउँ हो । यहाँ यात्रुहरुको आवातजावत बढी हुने, ट्रफिक व्यवस्थापन असहज हुनुका साथै दुर्घटना हुने भयका कारण टाँडी चोकलाई प्राथमिकता दिईएको मेयर नारायण वनले बताए ।

क्रमैसँग सौराहा चोक र वकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उनले बताए । शिलान्यासका अवसरमा नेपाली काग्रेश नगर सभापति रुपनराज घिमिरे, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *