प्रधानमन्त्री ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ छलफलमा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ छलफलमा बसेका छन्। अध्यादेश प्रकरणपछि सतहमा देखिएको पार्टी भित्रको विवाद साघुरो बनाउन र त्यसको समाधान बारेमा ओलीले आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री ओली दलभित्र संकटमा फसेपछि उनी निकट नेताहरु विवाद समाधानका लागि सक्रिय छन्। काठमाडौं बाहिर रहेका नेताहरु काठमाडौं आएका छन्। पार्टीमा विवाद बढेपछि मुख्यमन्त्री सुब्बा पनि दुई दिनअघि काठमाडौं आएका हुन। अहिले उनी पार्टी भित्रको विवाद साम्यपार्न काठमाडौंमा सक्रिय भएका छन्।

सुब्बाले बुधबार पार्टीका नेताहरुसँग छलफल गरेका थिए। बुधबार रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेता देव गुरुङ, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायत नेतासँग छुट्टा छुटै छलफल गरेका थिए। उनी आज प्रधानमन्त्रीसँग एक्लै छलफलमा छन्।

असन्तुष्ट नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन्। बुधबार साझँ पार्टी सचिवालय बैठकमा पनि ओलीको राजीनामा मागिएको छ। वरिष्ठ नेता माधव नेपाल समूहले ‘एक व्यक्ति एक पद’मा जोड दिइरहेका छन्। तर मुख्यमन्त्री सुब्बाले भने प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा पद छाड्न नहुने अभिव्यक्ति दिँदै आएका छन्। उनले अध्यादेश फिर्ता भएसँगै विवाद सकिएको बताउँदै आएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको गठजोड बलियो भएपछि यसपटक ओली अप्ठेरोमा परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *