यस्ता थिए पक्राउ परेका पत्रकार पाठकका प्रचण्डविरोधी स्टाटसहरु
काठमाडौं । आज बिहान केन्द्रीय साइवर ब्यूरोले रेडियो नेपालका सञ्चालक समिति सदस्य तथा पत्रकार दिपक पाठकलाई नियन्त्रणमा लियो । आरोप थियो, सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डमाथि सामाजिक सञ्जालमा गालीगलौज गर्नु । प्रचण्डकाे आलोचना गर्नु ।
पत्रकार पाठकले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा आलोचना गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पत्रकार पाठकले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डमाथि विभिन्न आक्षेपहरु लगाएको पाइएको छ । प्रधानमन्त्री ओलीको भने बचाउ गरेको देखिन्छ ।
पत्रकार पाठकले एक स्टाटसमा प्रचण्डलाई ‘किल गेट्स’ (मारेर हत्याउ) को उपमा समेत दिएका छन् । उनले लेखेका छन्- ‘ अमेरिका विल गेटस आफ्नो लगनशीलताले विश्वका एक नम्बर धनी भएको भनिन्छ । नेपालका प्रचण्डले चाँही “किल गेट्स”(मारेर हत्याउ) को सिद्धान्त बोकेर एशियाकै धनी बनेका छन् । उनको अकुत सम्पत्तिमा न त एक सुको लगानी परेको छ, न एक मिनेटको श्रम । क्रान्तिका नाममा जनताको रगत र शान्तिको नाममा आफ्नो आत्मा बेचेर धन जोड र राजनीतिलाई ठगीको विद्यामा अनुवाद गरेर महान् बन भन्ने विचार नै प्रचण्डपथ हो ।’
हेरौँ पाठकका प्रचण्ड विरोधी पछिल्ला स्टाटसहरुः