शरणार्थी शिविरमा आगलागी, चार घर जलेर नष्ट
मकालु खबर
२०७७ वैशाख १८ गते
झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।
आज बिहान शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाईँको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार चापागाईँको घरबाट शुरु भएको आगोले छिमेकी पदम चापागाईँ, रुपनारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा करिब रु १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।
आगलागी स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा बिहान ३ः३० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस
मकालु खबर
२०७७ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित