कोरोना महामारीका बेला दादुरा प्रकोपः ७ जिल्लामा १८५ बिरामी भेटिए, २ बालकको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेका बेला नेपालमा कोरोनासँगै दादुराको प्रकोप पनि बढेको पाइएकाे छ ।

गएको पुस महिनादेखि वैशाखसम्म झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोर्खा गरी १८५ जना दादुराका बिरामीहरु भेटिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झलक गौतमले जानकारी दिए ।

४ वर्षदेखि ४० वर्षसम्मका खोप नपाएका मानिसहरुमा दादुराको संक्रमण देखिएको उनले बताए । १८५ बिरामीमध्ये धादिङमा २ जना बालबालिकाको गएको चैत्रमा मृत्यु भएको थियो ।

धादिङमा ठुलो संख्यामा पटकपटक प्रकोप देखिएका कारण वैशाख १७ गते हिजोदेखि वैशाख २३ गतेसम्म दादुराको प्रकोप रहेको क्षेत्रमा ६ महिनादेखि १५ वर्षसम्मका करिब २० हजार जनसंख्यालाई दादुरा रोबेलाको खोप दिन सुरु गरिएको डा. गौतमले बताए ।

उनका अनुसार दादुराको संक्रमण भएका बिरामीहरुलाई चिकित्सकहरु पठाएर अनुगमन, परिक्षण गर्ने र भिटामिन ए लगायतका औषधिहरु दिएर उपचार गर्ने काम पनि सुरु भएको छ । गम्भीर भएका बिरामीको उपचार सम्भव भएका अस्पतालहरुमा रिफर गरेर उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *