पीपीई र मास्कमा कालोबजारी गरेको भन्दै दुई लाख जरिवाना
मकालु खबर
२०७७ वैशाख १८ गते
धनगढी । पीपीई र मास्कमा कालोबजारी गरेको भन्दै धनगढीमा रहेको धनगढी ग्लोबल सर्जिकल हाउसलाई दुई लाख जरिवाना गरिएको छ ।
संयुक्त बजार अनुगमन टोलीले अनुगमनका क्रममा पीपीई र मास्क बढी मूल्यमा बिक्रीवितरण गरिरहेको भेटेपछि कारबाही गरेको हो ।
मास्कमा ६० प्रतिशत र पीपीईमा ४४ प्रतिशत बढी मूल्यवृद्धि गरेर बिक्री गरेको भेटेपछि जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुनमगरले बताए ।
मकालु खबर
२०७७ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित