रुसी प्रधानमन्त्रीलाई कोरोना पुष्टि, अस्पताल भर्ना
मकालु खबर
२०७७ वैशाख १९ गते
काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । उनलाई गत बिहिबार नै संक्रमण भएको जनाइएको छ ।
उनले भिडियो कन्फरेन्समार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू संक्रमित भएको जानकारी दिँएका थिए । उक्त भिडियो रुसी संचारमाध्यमहरुले देखाएका छन् । भिडियोमा उनले राष्ट्रपतिलाई भनेका छन्, ‘मलाई भर्खरै थाहा भयो कि मेरो कोरोनाभाइरस जाँच पोजेटिभ आएको छ, मैले आफूलाई आइसोलेसनमा राख्नुपर्छ र डाक्टरको निर्देशन पालना गर्नुपर्छ ।’
पुटिनले उनालाई स्वास्थ्यलाभको कामना गरेका छन् । मिसुस्तिन गत जनवरीमा मात्र रुसका प्रधानमन्त्री नियुक्त भएका थिए । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि त्यसविरुद्धको अभियानको नेतृत्व रुसमा उनैले गरिरहेका थिए ।
मकालु खबर
२०७७ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित