यशोधराका वडाध्यक्षमाथि चार राउन्ड गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गरी गोली प्रहार भएको छ ।

वडाध्यक्ष सहाबुद्दिनलाई बिहीबार राति दुई अपरिचित व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि राति करिब १ बजे चार राउण्ड गोली प्रहार भए पनि उनलाई नलागेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लि‍एको छ । स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *