नेता नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड, के भयो छलफल ?

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

भोलि बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका हुन् । भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल भएकाे बताइएको छ ।

प्रचण्ड यसअघि आजै बैठकका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

गत बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसहित नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । ओलीले बामदेव गौतमलाई प्रधानमन्त्रीमा अघि सार्दै कोरोना नियन्त्रण भएपछि दिने आश्वासन दिएका थिए।

यसै सन्दर्भमा बैठकका एजेन्डा तय गर्न र स्थायी कमिटी बैठकका सम्बन्ध अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र नेपाललाई भेटेको बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *