ताप्लेजुङमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी ! (भिडियाेसहित)

काठमाडौं । ताप्लेजुङमा मध्यरातमा भीषण आगलागी भएको छ ।

जिल्लाको ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आज (शुक्रबार) राति करिब ९ बजेदेखि भीषण आगलागी भएको हो ।

फुङलिङ बजारको ट्याक्सी लाइनबाट सुरु भएको आगलागी अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । ७ वटाभन्दा बढी घरहरू जलेर नष्ट भएका छन् । त्यहाँस्थित नेपाली कांग्रेसकाे कार्यालय पनि जलेकाे छ ।

दमकल, सुरक्षाकर्मी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । एउटा मात्रै दमकल भएका कारण आगाे निभाउन कठिन भइरहेकेा बताइएकाे छ । मानविय क्षति भने भएकाे छैन ।

हेर्नुहाेस् भिडियाेः

भिडियाे स्राेतः सामाजिक सञ्जाल/सुवास आचार्य

https://www.facebook.com/subutpj/videos/3386502738029818/?t=9

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *