सीमामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना गराउन तथा सीमा क्षेत्रमा आवतजावत कडाइ गर्न निर्देशन दिएका छन् ।

आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रम ओलीले गृह मन्त्रालयलाई लकडाउन कडाइ गर्न निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।  पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको भन्दै कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन लकडाउनमा कडाइ गर्नुपर्ने प्रमको भनाइ छ ।

‘लकडाउनका कारण नै कोरोना नियन्त्रणमा आएको हो । नाकाहरू सिल त गरिएको छ तर लुकिछिपी मानिसहरु प्रवेश गरिरहेका छन् भन्ने कुरा आएको छ। लकडाउन अझै कडा गरी सीमाना र आवतजावतमा कडाइ गरेर शून्यमा झार्नू ’, प्रमको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने ।

सरकारले चैत ११ गते देशव्यापी लकडाउन गरेको छ। पछिल्लो समय थपिएको लकडाउनको अवधि वैशाख २५ गते सकिँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *