उपचारपछि निकाे भएकामा पनि किन दाेहाेरिन्छ काेराेना संक्रमण ? यस्ताे छ कारण
चीनको वुहानमा सन् २०१९ को डिसेम्बर अन्तिममा पहिलोपटक देखिएको नोभेल कोरोना भाइरस (काेभिड १९) संक्रमितहरूमा निकाे भएर फर्किसकेकाे अवस्थामा पनि पुनः संक्रमण दाेहाेरिएकाे पाइएकाे छ ।
यसरी कोरोना संक्रमण दोहोरिने दर चीनमा ३ देखि १० प्रतिशत छ भने दक्षिण कोरियामा पनि कोरोना संक्रमितको दोहोरिने संख्या बढ्दै गएकोप्रति चिकित्सा विज्ञहरुले सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य संगठनका प्राविधिक प्रमुख मारिया वेन केरखोबले केही मृत कोषहरु फेरि अस्तित्वमा आउने भएकाले कोरोना संक्रमण देखिने बताएकी छन् । उनले भनिन्, ‘कोरोना संक्रमितको उपचारपछि फोक्सो स्वास्थ भए पनि अनुसन्धानका क्रममा केही ‘डेड सेल्स’ फेरि अस्तित्वमा रहने भएकोले फेरि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिने गरेको छ ।’
यद्यपि उनले वैज्ञानिकहरुले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएकी छन् । कोरोना संक्रमणपछि उपचार गरिएका मानिसको इम्युनिटी कतिसम्म मजबुत हुन सक्छ भन्ने विषयमा पनि वैज्ञानिकहरुले अनुसन्धान गरिरहेको उनले बताइन् ।
मारिया वेनले कोरोना भाइरसको उत्पत्ति प्राकृतिक रुपमा चमेरोबाट भएको बताएकी छन् । तर, चमेरोबाट मानिसमा यो भाइरसको संक्रमण अन्य जीव हुँदै मानिसमा पुगेकोले उक्त कुन जीवका माध्यमबाट मानिसमा संक्रमण भयो भन्ने अध्ययन भइरहेको उनले बताइन् । यसमा विषयमा अहिलेसम्म कुनै यथेष्ट प्रमाण भेटिएको छैन । –बीबीसी