म्याग्दीमा डेङ्गुको उच्च जोखिम, एकैदिन ३ जना अस्पतालमा भर्ना

गलेश्वर । देशभर कोरोनाको त्रास बढिरहेका बेला म्याग्दी डेंगुको उच्च जोखिममा परेको छ । आइतबार एकै दिन तीन जनामा डेंगु संक्रमण देखिएको छ ।

बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको संख्या पाँच पुगेको छ ।

एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका-५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेंगु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बताए ।

‘म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेंगु सङ्क्रमित भेटिएका छन्, उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन’, डा. बस्ताकोटीले भने । वैशाख महिनामा चार पुरुष र एक महिलामा डेंगुको सङ्क्रमण देखिएसँगै म्याग्दी डेंगु रोगको जोेखिम उच्च रहेको डा. बस्ताकोटीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *