कोरोना उपचार तथा रोकथाममा खट्ने कर्मचारीलाई शतप्रतिशतसम्म भत्ता दिने आदेश पारित

काठमाडौं। सरकारले कोरोना भाइरसको उपचार तथा रोकथाममा खटिने स्वास्थ्य कर्मीसहित अन्य कर्मचारीका लागि ल्याएको जोखिम भत्ता व्यवस्थापन आदेश पारित गरेको छ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘कोरोना भाइरस (कोभिड -१९)को सङ्क्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश -२०७७’ मन्त्रिपरिषद्ले पास गरेको हो। उक्त आदेशमा कोरोना विरुद्ध खटिनेलाई जोखिम भत्ता उपलब्ध गराइने उल्लेख छ।

गत चैत ९ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्य कर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। आदेश अनुसार कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य कर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलब्ध हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *