म्याद गुज्रेको २८ बोरा मैदासहित व्यापारी पक्राउ

काठमाडौं । लकडाउनको समयमा म्याद गुज्रेको मैदा बिक्री गर्ने एक जना व्यापारी पक्राउ परेका छन् ।

सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका म्याद गुज्रेको २८ बोरा मैदासहित मुन्धडा इन्टरप्राइजेजका सञ्चालक पवन मुन्धडालाई पक्राउ गरेको हो ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमलराज भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले म्याद गुज्रेको मैदासहित मुन्धडालाई पक्राउ गरेको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिए ।

पक्राउ परेका मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *