जिल्ला बाहिर जान ई–पास जारी नगर्ने

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले अबदेखि जिल्ला बाहिर जान ई–पास जारी नगर्ने जनाएको छ । जिल्ला प्रशासनले सोमबार सूचना जारी गर्दै लकडाउनको अवधिमा दिइँदै आएको ई–पास बन्द गर्ने जानकारी दिएको हो ।

यदि जिल्ला बाहिर जानै परे सम्बन्धित व्यक्ति/निकायले जानुपर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर सहमति दिएमा मात्रै ई–पास जारी गरिने प्रशासनले जनाएको छ ।

लकडाउनको अवधिमा अत्यावश्यकीय प्रयोजनका लागि भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १ गतेदेखि ई–पास दिँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *