दिल्लीमा रक्सी किन्नेको भिड बढेपछि ७० प्रतिशतले बढ्यो मूल्य, डिजेल र पेट्रोलको भाउमा पनि वृद्धि
मकालु खबर
२०७७ वैशाख २३ गते
सोमबारदेखि भारतमा लकडाउनको तेस्रो चरण सुरुवातसँग खुकुलो बनाइएको छ आवतजावत । विभिन्न क्षेत्रमा व्यवसायका लागि छुट पनि दिन थालेको छ। यसै सन्दर्भमा मदिरा पसल पनि खोल्न छुट दिइएको छ।
सोमबारदेखि खुलेका मदिरा पसलहरुमा मानिसहरुको भिड लागेपछि सरकारले मदिरामा कर बढाएको छ । मानिसहरुको भिड लागेपछि कोरोनाको जोखिम बढेको भन्दै दिल्ली सरकारले कर बढाएको हो । प्रचलित मूल्यमा थप ७० प्रतिशत मूल्य बढेको बीबीसी हिन्दीले जनाएको छ।
त्यस्तै दिल्ली सरकारले पेट्रोल र डिजेलको मुल्यमा लगाइने कर पनि बढाएको छ । पेट्रोलमा २० प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याएको छ भने डिजेलमा १६.७५ प्रतिशतबाट बढाएर ३० पुर्याएको छ ।
जसकारण प्रदेशमा पेट्रोलको मुल्य १.६७ रुपैयाँ र डिजेलको मुल्य ७.१० रुपैयाँ बढेको छ ।
मकालु खबर
२०७७ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित