कोरोना उच्चस्तरीय समितिको बैठक शुरू, प्रधानमन्त्री ओली पनि सहभागी

काठमाडौं। कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठक शुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत सहभागि भएका छन्। बैठकले लकडाउनलाई कसरी व्यवस्थित गर्ने सम्बन्धमा निर्णय लिनेछ।

सोमबार बसेको समन्वय समितिको बैठकले लकडाउनको मोडालिटीको विषयमा छलफल गरेको थियो। सोबारेमा प्रधानमन्त्रीलाई जानकारी दिइनेछ। बैठकमा प्रधानमन्त्रीको धारणा आएपछि उच्चस्तरीय समितिले लकडाउनको अन्तिम खाका तयार पार्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

समितिले देशभर लकडाउन यथावत नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने खाका तय गरेको छ। समितिको सोमबारको बैठकमा विज्ञहरूलाई समेत सहभागी गराएर खाका तयार गरिएको हो। समितिले कम्तिमा दुई सातासम्म स्वरूप परिवर्तन गरेर लकडाउनलाई जारी राख्ने खाका तयार गरेको छ।

पछिल्लो समय नेपालगञ्जमा ठूलो मात्रामा कोरोना संक्रमित भेटिएपछि लकडाउनको स्वरुप परिमार्जनमा केही अन्यवल भएको बताइएको छ। भारतसँग सीमा जोडिएका इलाकामा जोखिम उच्च रहेको निष्कर्षसहित त्यहाँ थप कडाइका साथ लकडानलाई निरन्तरता दिन सुरक्षा निकायका प्रमुखहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *