भारतमा बढ्यो कोरोना मृत्युदर, एकैदिन १ सय ९९ जनाले ज्यान गुमाए
मकालु खबर
२०७७ वैशाख २४ गते
नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एकैदिन १ सय ९९ जनाले ज्यान गुमाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टाको तथ्यांक हो यो ।
त्यहाँ हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८८ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ९ सय नयाँ केस थपिएका छन् ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या आधा लाखको नजिक पुगेको छ । अहिलेसम्म पहिचान भएका संक्रमितको संख्या ४९ हजार ३ सय ३३ पुगेको छ ।
कोरोनाको कारण मृत्यु हुनेको संख्याले यसका कारण हुने मृत्युदर पनि बढाएको छ । अप्रिल ३० सम्म संक्रमितमध्ये ३.२ प्रतिशतको मृत्यु देखिएको थियो भने मंगलवार आइपुग्दा यो दर ३.४ प्रतिशतमा उक्लिएको छ।
मकालु खबर
२०७७ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित