जेठ १८ गतेसम्म सीमा नाका र हवाई उडान बन्द

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए। यसअघि जेठ २ सम्म अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको थियो। त्यसलाई निरन्तरता दिँदै सरकारले जेठ १८ सम्म पुर्‍याएको हो।

यस्तै, सरकारले जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने र परीक्षणको दायरा अझै बढाउने निर्णय गरेको छ। सरकारले भोलि वैशाख २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दीप प्रज्वलन गर्न पनि नागरिकहरूलाई आग्रह पनि गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *