उपचारपछि निकाे भएका ५८ वर्षीय पुरूषमा पुनः संक्रमण

काठमाडौं । उपचारपछि निको भएर फर्किएका काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरूषमा फेरि संक्रमण देखिएको छ ।

उनी वैशाख ११ गते पाटन अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका थिए । पुनः परिक्षण गर्दा उनीमा संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । प्रवक्ता देवकाेटाका अनुसार अहिले ती संक्रमित पाटन अस्पताल भर्ना भएका छन् ।

गत चैत ५ गते बेलायतबाट आएका उनीहरुको वैशाख १ गते परीक्षणमा ८१ वर्षीया आमा र ५८ वर्षीय छोराको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो । उनीहरु उपचारपछि निको भएर वैशाख ११ गते घर फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *